प्रवासमा माङ्खिमको परिकल्पना र औचित्यः
- Admin
- Mar 20, 2023
- 3 min read
Updated: Dec 25, 2024
किरातहरुले काठमाडौं र आसपासका क्षेत्रमा कम्तिमा ३२ पुस्ता शासन गरेको र काठमाडौंदेखि पूर्वतिरको क्षेत्रमा पैmलिएको इतिहास छ। पूर्वी क्षेत्रमा किरातीहरुको बसोबास खागरि भारतको सिक्किम, दार्जिलिङदेखि भुटानसम्म पैmलिएको देखिन्छ। मुख्य रुपमा सन् १८१५ देखि बेलायती सेनामा भर्ति हुने क्रम सुरु भएसँगै किरातीहरु विश्वका विभिन्न देशमा पैmलिन थाले। अहिले विश्वका अधिकांश मुलुकमा किराती पाइला पुगेको छ। हाल राई, लिम्बू, याख्खा र सुनुवार गरी ४ समुदायले आपूmलाई किराती भनेर चिनाउने गरेका छन्। थामी, थारु, राजवंशी लगायतका समुदायका कतिपय अगुवाहरुले उनीहरु किराती हुनसक्ने विभिन्न आधार छन् भन्ने गरेका छन्। यी लगायतका विषयमा भविष्यमा थप अध्ययन होला, तथ्य प्रमाण जुट्दै जाला र अँध्यारोमा रहेको किरातीहरुको थुप्रै ऐतिहासिक पाटोमा प्रकाश पनि पर्ला। अहिलेलाई के चाहिँ प्रष्ट छ भने आफ्नो छुट्टै संस्कार र संस्कृति भएको किरात एउटा विशिष्ट सभ्यता हो। किरातभित्र पनि राईको आफ्नै खाले विशिष्ट संस्कार र संस्कृति छ। राईभित्र करिब तीन दर्जन भाषिक समुह छन्। किरातमात्र नभएर राई समुदायभित्रै पनि भाषा र संस्कार संस्कृति मान्ने विधिमा विविधता र फरकपना छ। तर, सम्पूर्ण किरातीहरु मुन्दुमबाट निर्देशित हुँदै आएका छन्, जोडिएका छन्। किरातीहरुलाई एउटै मालामा उनेर राख्ने मुन्दुमलाई मुन्धुम, मुद्दुम मुग्दुम, मुन्थुम, मुदुम, मुक्तुम लगायतका नामले चिनिन्छ। यहाँ सजिलोका लागि मुन्दुम प्रयोग गरिएको छ। लेख्य इतिहास लामो नभएको मुन्दुम किरातीहरुको मौलिक दर्शन हो। यहि दर्शनका आधारमा किरातीहरुले आफ्नो जीवन निर्देशित गर्नेदेखि संसार बुझ्ने सम्मको काम गर्छन्। उदाहरणका लागि जन्मदा गर्नुपर्ने कर्म, विवाह गर्दा पु¥याउनु पर्ने विधिदेखि मृत्यु हुँदा पालना गर्नुपर्ने नियम आदि सबै मुन्धुमले नै ब्याख्या गरेको छ। साथै, यसमा जीव र जगतको उत्पतिदेखि जनजीविकासँग सम्बिन्धित खेती गर्दा र अन्नबाली भित्र्याउँदा गर्नु पर्ने कुराहरुको फेहरिस्त पनि छ। अर्को शब्दमा भन्दा मुन्दुम किरात सभ्यताको आधारशिला हो। मुन्दुमअनुसार आफ्नो संस्कार र संस्कृति मान्दा तीन ढुंगे चुल्हाको भुमिका केन्द्रबिन्दूमा रहन्छ। किनभने, हाम्रो जन्मदेखि मृत्युसम्म गरिने मुख्य संस्कारका लागि चुल्हा चाहिन्छ। उदाहरणका लागि विहेका लागि केटी माग्न जाँदा होस् वा पितृ बुझाउँदा होस्, चुल्हा नभइ हुँदैन। जस्तो, केटा पक्षले ल्याएको रक्सी सबैभन्दा पहिला चुल्हामा चढाइन्छ। उक्त रक्सीले चुल्हामा भएको आगो दन्के माङ खुशी भएको ठानिन्छ। उदाहरण अनगिन्ति छन्। संक्षिप्तमा के हो भने हरेक किरात राईलाई थाह छ, चुल्हा हाम्रा लागि नभइ हुँदैन। चुल्हा बिना हाम्रो संस्कारले पूर्णता पाउँदैन। तर, अमेरिकाजस्तो प्रवासमा व्यक्तिगत चुल्हा राख्नु धेरैका लागि असम्भव छ। धेरैजसो किरात राईहरु अपार्टमेन्टमा र भाडाको घरमा बस्छन्। यहाँ दाउरा बालेर आगोमा खाना पकाउन पाइँदैन। ग्यास वा इलेकिट्रक चुल्हो नै प्रयोग गर्नुपर्ने बाध्यता छ। अझ समय कम हुने त रेस्टुरेन्टको भर पर्छन्। आफ्नै घर हुनेलाई पनि चुल्हा स्थापना गर्ने धामी (नाक्छोङ) छैन। जबकी, चुल्हा हामीले मान्ने संस्कारको केन्द्रबिन्दू हो। हाम्रो आस्था, धरोहर र पहिचान यसैमा अडिएको छ। त्यहि भएर पछिल्लो सामुहिक माङ्खिम बाध्यताको आकर्षण बन्दैे गएको देखिन्छ। चुल्हामा माङ बस्छन् भन्ने विश्वास गरिन्छ। खिमको अर्थ घर हो। त्यहि भएर चुल्हाघरलाई माङ्खिम भनिएको हो। किरात राई समुदायका लागि माङ मुख्यतः पितृ हुन्। मरेपछि आफ्नो कर्मका आधारमा मृत आत्मा चुल्हामा बस्ने, शिकारि बन्ने आदि विश्वास गरिन्छ। शिकारि दुई खालका हुन्छन्, भोग खाने र नखाने। भोग खाने शिकारिलाई त हरेक वर्ष भाले चढाउनु पर्छ। कथा लामो छ जसलाई ब्याख्या गर्नु यो पस्तुतिको उदेश्य होइन। भन्न खोजेको के मात्र हो भने, हरेक शुभ कर्म गनु अघि माङसँग आशिर्वाद लिने र समस्या पर्दा माङ सम्झिने, पूजा गर्ने किरात राई संस्कार छ। तर, न्यू योर्कका राई समुदायले माङ्खिम नहुँदा आफ्नो संस्कार पूर्ण रुपमा अभ्यास गर्न पाएका छैनन्। उनीहरुमध्ये धेरैमा कम्तिमा आफ्नो संस्कार अनुसार मर्न पाइयोस् भन्ने भावना छ। उनीहरुमा ‘म मरेपछि मेरो अन्त्यष्ठी विधिपूर्वक हुन सक्दैन र मेरो आत्मा चुल्हामा बस्न पाउँदैन र अनन्त कालसम्म भड्किन्छ’ भन्ने चिन्ता देखिन्छ। भनिन्छ, चिन्ता रोगको घर हो। त्यहि भएर पछिल्लो समय अस्पतालहरुले समेत परिसरभित्रै मन्दिर, मस्जिद बनाउन थालेका छन्। बिरामीहरु त्यहाँ जान्छन्, आफ्नो आस्था अनुसार भगवानको प्राथना गरेर मन शान्त पार्छन्। यसरि उपचार गर्दा प्रभावकारी बन्छ भन्ने विभिन्न अध्ययनहरुले समेत देखाएको छ। अर्थात्, आधुनिक चिकित्सा पद्धतिको ‘होलिस्टिक एप्रोच’ मा मन्दिर, मस्जिद समेत पर्न थालेका छन्। यी लगायतका परिस्थित मध्यनजर गर्दा अमेरिकाको न्यू योर्क जस्तो राई समुदायको उल्लेख्य बसोबास भएको प्रवासमा माङ्खिम स्थापनाको औचित्य पुष्टि गरिरहन आवश्यक छैन। हामीले अमेरिकामै जन्मिएका र सानो उमेरमै अमेरिका आएका पुस्तालाई आफ्नो संस्कार, संस्कृति हस्तान्तरण गर्नु त छँदैछ। माङ्खिम परिकल्पनाका आधार यिनै हुन्। त्यसबाहेक, आफ्नो संस्कार संस्कृति अभ्यास गर्न पाउनु हाम्रो नैसर्गिक मानवअधिकार हो। आफ्नो रितिरिवाज अनुसार अन्त्येष्ठी गर्न पाउने अधिकार अर्थात एउटा मान्छेको अन्तिम मानवअधिकार त्यसभित्र पर्छ नै। पनि पर्छ। मानवअधिकार अमेरिकी तथा संयुक्त राष्ट्रसंघसहित विभिन्न बहुपक्षीय र दुईपक्षीय अन्तराष्ट्रिय नियोगहरुको कानून र बडापत्रहरुले सुरक्षित गरेको छ। तर, माङ्खिम निर्माण नभए हाम्रा लागि यो मानवअधिकार सुरक्षित नहुने अबस्था छ। साथै, माङ्खिम निर्माण हाम्रो सामुदायिक स्वाभिमानसँग पनि जोडिएको विषय त हुँदै हो। प्रश्न के मात्र हो भने, के हामी न्यू योर्क र आसपास बसोबास गर्ने किरात राई समुदाय माङ्खिम निर्माण र सञ्चालन गर्ने क्षमता राख्छौं? बाँकी भागमा यो विषय चर्चा गर्नेछौं।


Comments