किरात राई सोसाइटी अफ अमेरिका, टेक्सासद्वारा “बृहत्साङ्गीतिक देउसी–भैलो कार्यक्रम”
- Admin
- Oct 19
- 1 min read
टेक्सास। बिगत वर्षहरूमा झैँ यस वर्ष पनि किरात राई सोसाइटी अमेरिका(केआरएसए), टेक्सास च्याप्टरले बृहत् साङ्गीतिक देउसी–भैलो कार्यक्रमभव्य रूपमा आयोजना गर्न लागेको छ।

कार्यक्रमको मुख्य उद्देश्य मान्खिम निर्माण (किरातीहरूको पूजा–घर वामन्दिर) निर्माणका लागि आवश्यक कोष संकलन गर्नु रहेको छ। यसपवित्र तथा सामुदायिक उद्देश्यका साथ केआरएसए टेक्सासले यस वर्षकोदेउसी–भैलोलाई विशेष रूपमा तीन दिनसम्म निरन्तर रूपमा आयोजनागर्ने तयारी गरेको छ।
देउसी–भैलो कार्यक्रम आगामी अक्टोबर २० तारिख सोमबारबाट सुरु हुनेर तीन दिनसम्म (२०, २१, र २२ अक्टोबर) टेक्सास राज्यका विभिन्नसहरहरूमा बृहत रूपमा सञ्चालन गरिने जानकारी देउसी–भैलो संयोजक ज्योति राज राईले दिएका छन।
उक्त कार्यक्रममा सांस्कृतिक नृत्य, लोकगीत, आधुनिक गीत, रपरम्परागत किराती देउसी–भैलो प्रस्तुतिहरू रहने छन्। साथै, स्थानीयकलाकारहरू, बालबालिका, युवायुवती तथा समुदायका अग्रजहरूकोपनि सक्रिय सहभागिता रहनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण किरात राई समुदायकासदस्यहरू, नेपाली समुदायका साथीहरू, तथा मित्रहरूलाई हार्दिकनिमन्त्रणा गरिएको छ।
समाचार लिंक:





Comments