top of page

टेक्सासमा केआरएसएको 'ब्लड ड्राइभ'

  • Writer: Admin
    Admin
  • Sep 22
  • 1 min read
ree

टेक्सास। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान शनिबार (सेप्टेम्बर २०) मा टेक्सासको अर्भिङस्थित अर्भिङ मलमा भएको थियो।


रक्तदान कार्यक्रममा ३२ पाउण्ड रगत सङ्कलन भएको केआरएसए केन्द्रिय कार्यसमितिका नवनिर्वाचित सचिव ज्योतिराज राईले बताए। केआरएसए स्थापना भएको २१ औं वर्ष पुरा भएको खुशियालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।


ree

सचिव राईले रक्तदान कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिका, टेक्सास च्याप्टरको पनि सहयोग रहेको बताए। उनका अनुसार रक्तदान कार्यक्रममा ५० जना सहभागी भएपनि ३२ जनामात्र रक्तदानका लागि योग्य ठहरिएका थिए।


ree

रक्तदान कार्यक्रम बिहान ११ बजेदेखि अपरान्ह ३ः३० बजेसम्म चलेको थियो। रक्तदानमा सहभागीहरूलाई केआरएसए केन्द्रका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष दिलिप राई, सचिव ज्योतिराज राई र टेक्सास च्याप्टर अध्यक्ष प्रदिप राई लगायतका पदाधिकारी तथा सल्लाहकारले प्रमाणपत्र वितरण गरेका थिए। 


ree



Comments


bottom of page