top of page

भारती राईको अगुवाइमा केआरएसए केन्द्रमा नयाँ नेतृत्व

  • Writer: Admin
    Admin
  • Sep 16
  • 1 min read

Updated: Sep 17


न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ। केआरएसएको न्यू योर्कमा सेप्टेम्बर १४ मा भएको सातौं महाधिवेशनले भारती राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।


कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष दिलिप राई (टेक्सास), उपाध्यक्ष वाकाशा बान्तावा (न्यू योर्क), महासचिव शुभास चन्द्र राई (न्यू योर्क)।सचिव ज्योतिराज राई (टेक्सास), कोषाध्यक्ष खुशी राई ((न्यू योर्क),सहकोषाध्यक्ष उमेश राई (न्यू योर्क) तथा सदस्यहरु खगेन्द्र राई (आईपीपी न्यू योर्क),  प्रदिप राई (टेक्सास), शम्भू राई (न्यू योर्क)चुनिएका छन्। केआरएसएको विधानको प्रावधान अनुसार किरात राई समुदायभित्र रहेको विविधता सम्बोधन हुने गरी बाँकी सदस्यहरू पछि मनोनयन गरिने केआरएसएले जनाएको छ।


महाधिवेशनमा निवर्तमान कार्यवाहक महासचिव सुमन नाछिरिङ राईको साङ्गठनिक प्रतिवेदन सदस्यहरूको सल्लाह र सुझाव अनुरूप संशोधन सहित सर्वसम्मत पारित भएको थियो। निवर्तमान कोषाध्यक्ष सन्देश राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको थियो। 


नयाँ कार्य समिति चयनका लागि कवियत्री मनु लोहोरुङ राईको नेतृत्वमा तीन सदस्यीय निर्वाचन आयोग गठन गरिएको थियो। निर्वाचन आयोगका आयुक्तमा पदम राई र जसकुमार राई थियो। नवनिर्वाचित कार्यसमितिलाई प्रमुख आयुक्त मनु लोहोरुङ राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन्।


नवनिर्वाचित अध्यक्ष भारती राईले केआरएसएले अमेरिकामा किरात संस्कार, संस्कृति संरक्षण र प्रवर्द्धनमा खेल्दै आएको भूमिका अझ प्रभावकारी बनाउने, नयाँ तथा युवा नेतृत्व विकासमा भूमिका खेल्ने तथा केआरएसएको माङ्खिम प्रोजेक्ट अघि बढाउन प्रभावकारी भूमिका खेल्ने बताइन्।


Comments


bottom of page