अमेरिकाको उच्च निकायमा समुदायको पहुँच र उपस्थिति बढाउनु पर्छ
- Admin
- May 12, 2018
- 5 min read
Updated: Dec 25, 2024
-चन्द्र कुमार राई
किरात राई सोसाईटी अफ अमेरिका भन्नाले संयुक्त राज्य अमेरिकालाई कर्मथलो बनाई बसोवास गरिरहनभएका किरात समुदायका अग्रजहरू मिलेर सन् २००३ मा नेबरास्का राज्यमा स्थापना गर्न‘भएको नाफारहित संस्थो हो । यो संस्थाको स्टाट्स
छ । यो स्टाट्स भनेको कानुनी रूपमा संघ संस्थाहरूसँग वा नागरिकहरूसँग आर्थिक सहयोग लिन पाउने हैसियत हो । उहाँहरूले यस बावत कर सुबिधा पाउनु हुन्छ ।
संस्थाले अमेरिकी सरकार र जनतासँग सहकार्य गर्दै आफ्नो भाषा, संस्कृति, रीतिरिवाजरपरम्परागत, मूल्य–मान्यता र पहिचानलाई जोगाउँदै अघि बढ्ने प्रयास गरिरहेको छ । यसका प्रायः अमेरिकाको सबै राज्यमा सञ्जालहरु सक्रिय छन् , र केहि राज्यहरूमा च्यापटरहरु छन् । ती च्यापटरहरु सक्रिय रूपमा संस्थाको उद्वेश्य प्राप्तिको लागि क्रियाशिल छन् ।
संस्थाले नेपालमा छात्रबृति बितरण गर्दछ । भैपरि आउने प्राकृतिक प्रकोपबाट पिडित परिवारहरूलाई आर्थिक तथा जिन्सि सहयोग साथै अन्य बिभिन्न शिर्षकहरूमा सहयोग गरिआएको छ । संस्थाले तायामा खियामा रछाकुलेको प्रतिमा निर्माणको लागि सहयोग गर्यो । अमेरिकामा सुम्निमा साँझ गरिरहेको छ । सुम्निमा साँझ न्यूयोर्कमा हुने नेपाली समुदाय बिचमा चिर परिचत कार्यक्रम हो । यसको आयोजक किरात राई सोसाईटी अफ अमेरिका हो भने यहाँ आफ्नो कला भएका कलाकारहरूले कला देखाउन स्टेज प्राप्त गर्नुहुन्छ । जुन उधौली शाकेलासँगै आयोजना गरिन्छ । यस कार्यक्रममा अन्य नेपाली संघ संस्थाहरूको पनि सक्रिय सहभागिता रहन्छ, यसका अलवा किरात राई सोसाईटी अफ अमेरिकाले अन्य नेपाली संघ–संस्थाहरूको कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउछ । जस्तै नेपाली संघ–संस्थाहरूका सांस्कृतिक कार्यक्रमहरू, साहित्यिक समारोहरूमा, जनजाति महासंघको कार्यक्रममा आदिमा ।
संस्थाले अन्य समुदायबीच सांस्कृतिक आदन–प्रदान गर्दै सामूहिक एकता, भाईचारा र सहअस्तित्व कायम गर्नुका साथै नयाँ पुस्तालाई सांस्कृतिक पुस्तान्तरण पनि गरिरहेको छ ।
मापदण्ड पु¥याएर संघ–संस्था खोल्ने स्वतन्त्रता सबैमा हुन्छ । त्यसमा पनि संयुक्त राज्य अमेरिकालाई त
को देश भनिन्छ । तर मेरो विचारमा समान उदेश्य, समान मिसनका लागि धेरै संस्थाको आवश्यकता पर्दैन भन्ने हो ।
केआरएसए
ले सबैलाई समेट्ने कोसिस जारी राखेको छ, र राख्नु पनि पर्छ भन्ने मान्यताका साथ हामीले विभिन्न कायर्हरु गर्दै आएका छौं । धनीभूत ढंगले विभिन्न समयमा समिति बनाइ औपचारिक एकताका प्रयासहरु पटक–पटक गरेका छौं । बैठक, छलफल तथा अन्तरक्रियाहरु प्रसस्त् भएका छन् । विषेश कार्यक्रमहरुमार्फत् पनि हामीले सधैं आह्वान गरिरहेका नै छौं । पद भनेको गौण हुन्छ, यसको मतलब पद केही होइन् भन्ने पनि होइन् तर नीति, योजना र कार्यक्रम नै प्रमुख हुनपुर्छ । अतिथि हुन र खादा लगाउनकै लागि संस्था टुक्रयाउने मान्यतालाई सबैले निरुत्साहित गर्नैपर्छ । एक पाइला अगाडि बढाउन पर्नेमा दुई पाइला पछाडि सार्दा कसैलाई फाइदा हुदैन । किन नहोस् परालकै छाना, घर बलियो हुनै पर्छ । मुलघर भनेको मुलघर नै हो । वैचारिक बहस, मन्थन, विचार विमर्श, घनिभूत छलफल तथा सकारात्मक अन्तरक्रियाबाट सबै विषयको निष्कर्ष निकाल्न सकिन्छ भन्ने मान्यताका साथ हामी अगाडि बढिरहेका छौं । एकता नै बल हो, विभाजन र फुटले त कसैको हित गर्दैन । हाम्रा शक्तिहरु छयीकरण भएका छन् । त्यसैले आदिवासी जनजातिका संस्थाहरु कहिल्यै
हुन सकेनन्, खाली
मात्र भइ रहे ।
हाम्रो संस्था जातीय संस्था मात्र होइन् । यो बुझाइको समस्या हो । यसमा सबै जातिका, सबै समुदायका, सबै तह र तप्तका मानिसले
गर्न पाउनुहुन्छ । साकेवा किरातको मात्र होइन । सबैले साकेवा सिली नाच्नु हुन्छ । हामी त रंगभेद नीतिको विरुद्ध छौं । संयुक्त राज्य अमेरिकाको कानूनले सबैलाई समान अवसर प्रदान गरेको छ । र, सबैको प्रथाजन्य परम्परा र रीतिरिवाजलाई सम्मान गरेको छ । हामी कानूनको सर्वोच्चतालाई सधैं सम्मान गछौं । हाम्रा च्याप्टरहरुमा सबै समुदायका मानिसहरुले
गर्दै आइरहनु भएको छ । उहाँहरुले सबै किसिमको सहयोग गरिरहनु भएको छ । त्यो हाङ्ग जितेदास्ती साँझ सांस्कृतिक कार्यक्रममा होस् कि सुम्निमा साँझ सांस्कृतिक कार्यक्रममा होस् कि साकेवा लर्निङ्ग सिरिज होस्, कि उभौली–अधौलीमा होस्, कि त येले सम्वत्मा होस् । त्यसैले, नामको आधारमा जातीय मात्र भयो भन्नु गलत हो ।
समान मुद्दा, विचार र उदेश्य भएका अन्य संस्थाहरुसँग सहकार्य गर्ने, सम्भव भएमा एकतासमेत गर्ने प्रयास गर्ने छौं । संयुक्त राज्य अमेरिका तथा संसारका कुनै पनि ठाउँमा घट्ने प्राकृतिक दैवी प्रकोपका लागि
स्थापना गरि विभिन्न कार्यहरु गर्दै आएका छौं । त्यसलाई निरन्तरता दिदैं जाने छौं । प्रेस स्वतन्त्रता, मानव अधिकार रक्षार्थ हुने कार्यको सर्मथन गर्दै समानता र न्यायका विरुद्धमा हुने कार्यको विरोध गर्दै जानेछौं । साकेला उभौली–उधौलीमा, किरात येले संवत्मा, किरात समुदाय तथा नेपाली मूलका समुदायलाई सार्वजनिक विदाका लागि अमेरिकी स्थानीय तथा राज्य सरकारहरुसँग पहल गर्नेछौं । साथै माङ्गखिम तथा सामाधिस्थलका लागि पनि सबै मानुभावहरु, समुदाय, संघ–संस्थाका साथै अमेरिकी स्थानीय तथा राज्य सरकारसँग पहल गर्दै अधि बढने छौं । हाम्रा प्रथाजनित परम्परगत सीप, रीतिरिवाज संरक्षण÷सम्वद्र्धनका लागि अमेरिकी राज्य तथा स्थानीय सरकारका नीति तथा कार्यक्रमबाट बजेट छुट्याउनका लागि पहल गर्दै छुट्टिएको बजेटमा अन्य सामाजिक संस्थासँग मिलेर सहकार्य गरि परियोजना सञ्चालन गर्न पहल गर्ने छौं । किरात सौन्र्दय शात्र मुन्दुम सम्बन्धी अध्ययन अनुसन्धानमा समेत पहल गर्ने छौं । मुन्दुम दर्शनका वैज्ञानिक पक्षमा विचार विर्मश गर्दै प्रसार प्रचारमा जोड दिदैं जाने छौं । सकेसम्म यहाँका युनिभरसिटीहरुमा मुन्दुम दर्शन सम्बन्धी अन्तरक्रियाका गर्न पहल गर्न कोशिस गर्दै पुस्ताकालयहरुमा तत् सम्बन्धी प्रकाशित पुस्तकहरु पु¥याउन पहल गर्ने छौं । साकेला उभौली–उद्यौली, साकेला सिली लर्निङ्ग सिरिज कक्षा सञ्चालन, सास्ंकृतिजन्य वार्षिक सुम्निमा साँझ, हाङ्ग जितेदास्ती साँझ, पहिचानजन्य वृत्तचित्र प्रदर्शनी, संयुक्त राष्ट्र संघमा आदिवासी जनजातिको तर्फबाट प्रतिनिधिमूलक सहभागिता, प्राकृतिक दैवी आपत–विपत् तथा शैक्षिक क्षेत्रमा विशेष आर्थिक सहयोग लगायतका कार्यहरुलाई निरन्तरता दिदै नै जानेछौं । विज्ञहरुको सहयोगमा आईटी सेमिनार,
साँगीतक कक्षा, नयाँ पुस्ताको सशक्तिकरण र क्षमता विकासका लागि सहयोगी कार्यक्रम आदि गर्दै जाने छौं ।
किरात राई सोसाईटी अफ अमेरिका संयुक्त राज्य अमेरिकाको कानूनमा रही स्थापना भएको आधिकारिक संस्था हो । यसले अमेरिकी सरकार, जनता र यहाँ स्थापित सबै संघ–संस्थाहरुसँग मिलेर कामहरु गरिरहेका छ । प्रायः हाम्रा सबै कार्यक्रमहरुको आधिकारिक जानकारी स्थानीय तथा राज्य सरकारलाई हुन्छ । कार्यक्रममा तत्–तत् निकायबाट प्रतिनिधिहरुको सहभागिता पनि हुने गरेको छ । यी सबै कार्यहरुका अभिलेख हाम्रा अभिलेखलयमा सुरक्षित छन् । हामीले नेपाली समुदाय र संस्थासँग मात्र नभएर अफ्रिकी अमेरिकन सोसाईटी, एजियन कम्युनिटी र अन्य संघ–संस्थासँग पनि सहकार्य र संस्कृति आदान–प्रदान गरिरहेका नै छौं । हो, हामी हाम्रा कामको प्रचार–प्रसार गर्न त्यति रुचाउदैनौउ । अमेरिका तथा संसारका अन्य स्थानमा घट्ने घटनाहरुका हकमा हाम्रो प्राकृतिक तथा दैवी प्रकोप सेल
छ, सुमन राईको नेतृत्वमा । जन्म, विवाह र मृत्यु मानव जीवनका महत्वपूर्ण घटनाहरू हुन् । यी कार्यका लागि किरात समुदायमा माङ्गखिम तथा समाधिस्थल अपरिहार्य हुन्छ । सो परियोजनका लागि वरिष्ठ उपाध्यक्ष खेगेन्द्र राईले नेतृत्व गरिरहनुभएको छ । अमेरिकाकी सरकारसँग सहकार्य गर्दै उच्च निकायमा समुदायको पहुँच र उपस्थिति बढाउने कार्यमा हाम्रो विशेष कोशिस रहने छ ।






Comments