top of page

महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको शोकमा किरात राई सोसाईटी अफ अमेरिका (KRSA) ले यस वर्ष महान चाड साकेला नमनाउने

  • Writer: Admin
    Admin
  • May 7, 2015
  • 1 min read

Updated: Sep 5, 2025

आदरणीय सम्पूर्ण किरात राई समुदाय तथा यस संस्थाका सदस्यज्यूहरु, हाम्रो संस्थाका सहयोगी एवं शुभेच्छुकज्यूहरु, हामी सबैलाई अवगत भएकै कुरा हो कि गत अप्रिल २५, २०१५ का दिन नेपालमा आएको ७.८ म्याग्निट्युडको बिनाशकारी भूकम्पले ऐतिहासिक सम्पदाहरु नष्ट पार्दै ठूलो धनजनको क्षति गरी नेपाल तथा देश बाहिर रहनु भएका नेपाली लगायत विश्व समुदायलाई नै शोकमग्न बनाएको छ । यस दु:खद घडीमा महाभूकम्पमा परि देहवासन हुनु भएकाहरूका नाममा किरात राई सोसाईटी अफ अमेरिका (KRSA) गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना सहित शोकाकुल सबै जनामा यो विपत्तिमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् भनि किरात राई सोसाईटी अफ अमेरिका (KRSA) परिवार प्रार्थना गर्दर्छौ | यस महाभूकम्पले पारेको अकल्पनीय क्षतिमा हाम्रो संस्थाले पनि पीडितहरुको लागि मानव कल्याणकारी कार्यलाई अगाडी बढाएको कुरा जानकारी गराउँदै आजको मिति सम्म ६ हजार, तीन सय, चौतिस अमेरिकन डलर उठाई सकेको र उठेको कोषलाई तत्काल नेपालको राहत नपुगेको वा अति भन्दा अत्यावश्यक ठाउँमा उक्त राहत प्रदान गर्ने र भूकम्प पीडितहरुको लागि यस संस्थाले गरिरहेको कार्यलाई निरन्तरता दिने कुरालाई पनि अवगत गराउँदै यस वर्षको महान चाड साकेला नेपालको महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको शोकमा किरात राई सोसाईटी अफ अमेरिका (KRSA) ले यो बर्षको उभौली साकेला नमनाउने निर्णय गरेको जानकारी समस्त किरात राई समुदाय, तथा हाम्रो संस्थाका सदस्यहरु र यस संस्थाका सहयोगी संघ-संस्थाहरु, अन्य सम्पूर्ण महानुभावहरु तथा सम्पूर्ण शुभेच्छुकहरूमा सूचित गराउँदछौ । धन्यवाद, भवदीय, चन्द्र (आकाश) राई अध्यक्ष्य, किरात राई सोसाईटी अफ अमेरिका (KRSA)

 
 
 

Comments


bottom of page