सुम्निमा साँझका नमेटीने डरबील्ला डोबहरु
- Admin
- May 22, 2019
- 2 min read
Updated: Dec 25, 2024
संस्मरण
चन्द्रकुमार राई
अध्यक्ष, किरात राई सोसाईटी अफ अमेरिका
न कुनै स्वार्थ, न कुनै लोभ, न त कुनै महत्वकांक्षा छ, उहाँहरुमा । न त कहिल्यै उहाँहरुलाई समयको अभाव भयो, न त कहिले उहाँहरु डलरको पछि लाग्नु भयो । उहाँहरु लाग्नु भयो त, मात्र आफ्ना मैलिकतालाई बचाँउन, संस्कार संस्कृति रीतिरीवाज, परम्परा संरक्षण गर्दै स्मार्ट पुस्ताका युवा/भाई वहिनीलाई सांस्कृतिक पुस्तान्तरण गराउँदै आफ्ना संस्कार संस्कृति, पुर्खाका पौरख र वीरताको गाथालाई सुनाउँन । अनि लाग्नु भयो कूल पित्र, खोलादेउ, माङ्, पाटी-पैवा, चौतारालाई र पूर्खालाई स्मरण गर्न । हो, यहि नै हुन्, सुम्निमा साँझका नमेटीने डरवीला डोवहरु । यही नै हुन् , सुम्निमा साँझका इतिहास र वर्तमानहरु । यही नै हुन्, किरात राई सोसाइटी अफ अमेरिकाको उदेश्य पनि । यी सबका हकदार तपाई सुम्निमा साँझका संयोजकज्यूहरु र टीम हुनुहुन्छ । सबै सुम्निमा साँझका संयोजकज्यूहरु र टीमलाई हदयदेखि नमन, तपाईहरुले किरात इतिहास, पहिचान मात्र संरक्षण गर्नु भएको छैन् । तपाईहरुले मौलिकता परम्परा, कला, भाषा, साहित्य मात्र बचाउनु भएको छैन् । तपाईहरुले संस्थाको सर्वोचतालाई, संस्थाको गतिशीलतालाई उच्च पार्दै उदारणीय कार्य गरी रहनु भएको छ ।
सरकारी कार्यलयहरुमा, सीटी काउन्सीलरका कार्यलयमा, मेयरका अफिसमा प्रतिनीधिहरुलाई जानकारी दिई र कार्यक्रममा आधिकारीक निमन्त्रणा गरि अमेरिकाको विभिदतालाई अंगाल्दै किरात इतिहास, संस्कार संस्कृति, कला र साहित्यलाई विश्वब्यापीकरण गरिहनु भयो । यसरी सुम्निमा साँझ, साकेलालाई संयुक्त राज्य अमेरिकाको नै गर्विलो सांस्कृतिक कार्यक्रम बनाइ दिनु भयो । ब्राण्ड नै बनाउनु भयो । साकेलामा, सुम्निमा साँझमा र अन्य कार्यक्रममा नेपाल र नेपालीलाई चिनाउदैं ।
माइक्रोफोनको आवजमा होस या गितारको कर्डहरुमा या त हारमोनियमाको खिपहरुमा, या त विनायो र मुर्चुङाको मौलिक धुनमा, या त ढोल झ्याम्टाको तालमा, या त साकेला शीलीको भाकामा; तपाईहरुले सधै-सधै मुन्दुमलाई गाउनु भयो, मुन्दुमको मार्फत किरात इतिहास र पहिचान खोज्नु भयो, देशलाई संझिनु भयो, थात्थलो संझिनु भयो, अफना् आवाद भूमिलाई/माटोलाई संझिनु भयो; र, स्र्माट पुस्ताका युवा तथा भाई वहिनीहरुलाई मुन्दुम सिकाउनु भयो, र पढाउनु भयो गोराहरुलाई पनि मुन्दुम नै प्रत्येक सुम्निमा साँझहरुमा ।
समय भनेको पैसा हो । प्रत्येक सेकण्ड-सेकेण्डमा पैसा कमाउने ठाउँमा बसेर पनि कयौं दिन या भनौं महिनाहरु संयोजकज्यूहरुले कयौं दिनरात पैसा विना उल्टै आफ्नै पैसा खर्च गरि, समय दिइ सुम्निमा साँझलाई अमेरिकाको नै ब्राण्ड सांस्कृतिक कार्यक्रम बनाउनु भयो । यसरी तपाईहरुको अतुलनीय योगदनले सुम्निमा साँझ दशौं इपिसोडसम्म मात्र होइन्, हजारै इपिसोडसम्म जारि रहिरहने छ । त्यस्तै गरि संस्थाका अन्य आधिकारिक कार्यहरु पनि ।
सुम्निमा साँझ दशौंसम्मका आदरणीय संयोजकज्यूहरु यसप्रकार हुनुहुन्छ ।
१ मनि बाङदेल
२ अभिषेक राई
३ खगेन्द्र राई
४ भारती राई
५ पदम सिंह राई
६ राम कुमार राई
७ प्रताप राई
८ मनु लोहरुङ राई
९ सुमन नाछिरिङ राई
१० नीला राई





























































































Comments